aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनियन लाईफ इन्स्योरेन्सको आईपीओ प्रि-अलोटमेण्ट सम्पन्न, आजै साझ बाँडफाँटको तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ असार २०७८
युनियन लाईफ इन्स्योरेन्सको आईपीओ प्रि-अलोटमेण्ट सम्पन्न, आजै साझ बाँडफाँटको तयारी

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ प्रि अलोटमेण्ट सम्पन्न भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलले बिहीवार प्रि अलोटमेण्ट सम्पन्न गरेको हो । 

कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओमध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो । 

चालू आर्थिक वर्षभित्रै बाँडफाँट गरिसक्ने गरी आजै साझसम्म आईपीओ विक्री गर्ने तयारी विक्री प्रबन्धकको छ । प्रि अलोटमेण्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पेश गरिसकिएको विक्री प्रबन्धकको भनाई छ । बोर्डको स्वीकृति पाए आजै आईपीओको अन्तिम बाँडफाँट गर्ने जानकारी विक्री प्रबन्धकले दिएको हो । 

कम्पनीको आईपीओ खरिदका लागि २१ लाख ५० हजार भन्दा बढी आवेदकहरुबाट मागभन्दा करिब ६ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ हालको बाँडफाँट व्यवस्था अनुसार ५ लाख ८० हजार ५०० जनाले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले हात पार्नेछन् । 

हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गरेका हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोड पुग्नेछ । 

कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी आर्थिक वर्ष २०७४÷७५ सम्मको रू. ११५ दशमलव १३ रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्मको अपस्किृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ४६ रहेको छ । यसै अवधिसम्मको अपस्किृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ३३ रहेको छ । 

 
 

प्रतिक्रिया दिनुहोस