aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनियन लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ५ लाख ५८ हजारले पाए १० कित्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ असार २०७८
युनियन लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, ५ लाख ५८ हजारले पाए १० कित्ता

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको अन्तिम बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले बिहीवारनै प्रि अलोटमेण्ट गरी अन्तिम बाँडफाँट समेत सम्पन्न गरेको हो । कम्पनीले योग्य २१ लाख १२ हजार ७९९ जना आवेदनहरुमध्य भाग्यमानी ५ लाख ५८ हजार ५०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरेको हो । 

योग्य आवेदकहरुमध्यबाट १५ लाख ५४ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ । कम्पनीको आईपीओ खरिदका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । यी मध्य ६९ हजार ९७६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्ध भएको छ ।

कम्पनील सर्वसाधारणमा रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ वितरण गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानीकोषका र बाँकी ५८ लाख ५ हजार कित्ता आम सर्वसाधारणमा बाँडफााट गरेको हो । 

हाल कम्पनीको संस्थापक तर्फ चुक्ताभएको ७० प्रतिशत शेयरपूँजी रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गरेका हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १५ करोड पुगेको छ ।

कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी आर्थिक वर्ष २०७४÷७५ सम्मको रू. ११५ दशमलव १३ रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्मको अपस्किृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४८ दशमलव ४६ रहेको छ । यसै अवधिसम्मको अपस्किृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ३३ रहेको छ । 

 
 

प्रतिक्रिया दिनुहोस