aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

अर्थमन्त्री शर्मा र नाडा प्रतिनिधिबिच छलफलः सवारी साधन आयातमा भएका समस्या समाधान गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३१ असार २०७८
अर्थमन्त्री शर्मा र नाडा प्रतिनिधिबिच छलफलः सवारी साधन आयातमा भएका समस्या समाधान गर्न माग

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले बिहीबार नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर आफ्ना समस्या राखेको छ । नाडाका पाँच सदस्यीय प्रतिनिधिमण्डलले शर्मालाई भेटेको हो । 

भेटमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफूहरूले फेयर ट्रेडमा विश्वास गर्दै आएको सवारी साधन आयातमा रहँदै आएको समस्या समाधान गर्न आग्रह गरेका थिए । उनले अटोमोवाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरका लागि छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गर्न पनि आग्रह गरे ।

नेपालमा उत्पादित अटोमोवाइल स्पेयर पार्टस तथा लुव्रिकेण्टस बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टस आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गर्दै दुलालले आउँदो आर्थिक बर्षका लागि जारी हुन लागेको मौद्रिक नीति अटोमोवाइल व्यवसायीमैत्री बनाउन सहयोग गर्न आग्रह गरे । 

नाडाका उपाध्यक्ष करण चौधरीले बढदो क्रममा रहेको सवारी साधनको आयात नेपाल राष्ट्र बैङ्कले सवारी साधनहरुको बिक्रीमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक बर्ष २०७३–७४ देखि नै क्रमशः घटन थालेको जानकारी दिए । नेपालको सार्वजनिक यातायात राम्रोसँग चल्न नसकेको र सडकको अवस्था पनि राम्रो नरहेको उनले बताए । नाडा महासचिव सुनिल रिजालले आयात गरिने बिल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताए । 

मन्त्री शर्माले सरकारले सबै नेपालीलाई नै सर्वसुलभ रुपमा खोप उपलब्ध गराउने जानकारी दिए । उनले अटोमोवाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह पनि गरे । त्यसका लागि सरकारबाट आवश्यक सहयोग प्राप्त हुने शर्माको भनाई थियो । उनले नेपालको अटोमोवाइल क्षेत्रमा के कस्ता समस्या छन् रु ती सबै एक साथ उल्लेख गरेर पठाउन समेत आग्रह गरे । छलफलमा नाडाका सचिव अनुप बराल, एशोसिएशन सचिव सुरेन्द्र प्रधान पनि सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस