aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अरुणभ्याली हाइड्रोपावरको हकप्रद शेयर शुक्रवार नेप्सेमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ साउन २०७८
अरुणभ्याली हाइड्रोपावरको हकप्रद शेयर शुक्रवार नेप्सेमा सूचीकृत

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर शुक्रवार नेप्सेमा सूचीकृत गराएको हो । 

कम्पनीले गत बैंशाख ६ गतेदेखि जेठ २ गतेसम्म ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । उक्त अवधिमा वितरण हुन नसकेको ४ लाख ३५ हजार ८९४ कित्ता हकप्द शेयर असार ९ गतेदेखि १६ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरेको थियो । 

शेयर विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले पुरा गरेको छ । ५० प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस