aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बलिउड अभिनेत्री सुरेखा सिकरीको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ साउन २०७८
बलिउड अभिनेत्री सुरेखा सिकरीको निधन

एजेन्सी । बलिउड अभिनेत्री सुरेखा सिकरीको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो । 

बीबीसी हिन्दीका अनुसार भारतीय टेलिभिजन सिरियल ‘बालिका वधु’ की ‘दादी सा’ को कार्डियक अरेस्टका कारण निधन भएको हो । सुरेखा केही महिनादेखि बिरामी थिइन् । गत वर्ष उनलाई मस्तिष्कघात पनि भएको थियो ।

फिल्म ‘बधाई’ पछि कुनै पनि ठूला प्रोजेक्टमा काम नगरेकी अभिनेत्री सीकरीले महाराष्ट्र सरकारसँग ६५ वर्षभन्दा बढी उमेरका कलाकारका लागि सुटिङ गर्न नरोक्न माग समेत गरेकी थिइन् । उनलाई सन् २०१८ मा ‘महाबलेश्वर’ को सुटिङका क्रममा मस्तिष्कघात भएको थियो । जसको कारण लडेर उनको निधारमा चोट समेत लागेको थियो । प्यारालाइसिस समेत भएकी उनी केही समयको उपचारपछि निको भएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस