
काठमाडौं । तरकारीको मूल्य अस्वभाविक रुपमा बढ्न थालेको छ । वर्षाद र केहि तरकारीको अपसीजन भएका कारण तरकारीको आपूर्तिमा उतारचढाव हुँदा तरकारीको भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।
उनले भने, “निषेधाज्ञा खुकुलो भएसँगै हाल बजारमा चहलपलह बढेको छ । अहिले बजार बेलुकीसम्म खोल्न पाइने हुनाले तरकारीको खपत बढ्न थालेको हो । अझै केही समय तरकारीको मूल्य उकालो लाग्ने छ ।” बजारमा तरकारीको उत्पादन र आपूर्तिका आधारमा मूल्य निर्धारण गरिन्छ । खासगरी अहिले तरकारीको उत्पादन कम भएकोले नै मूल्य बढेको हो ।
अहिले बर्षादको समय भएकोले तरकारीको उत्पादन कम भएको छ । तरकारी उत्पादन भइरहेको जमिनमा धान रोप्ने काम भएकाले पनि हरियो तरकारी उत्पादन घटेको श्रेष्ठले बताए । यति बेला ठूलो परिमाणमा तरकारी उत्पादन हुँदैन ।
उत्पादन कम भएपनि बजारको माग धानिरहेको उनले जानकारी दिए । हाल दैनिक ५ सय देखी ६ सय टनसम्म स्वदेशी उत्पादन हुने गरेको छ भने भारतबाट पनि आलु प्याज कागती लगायतका अन्य तरकारी आयात भैरहेको उनले बताए ।वर्षा याममा तरकारीको उत्पादन कम हुने कारण मूल्य वृद्धिलाई मौसमी मान्नु पर्ने प्रवक्ता श्रेष्ठ बताउँछन् । यस समय भारतबाट पनि तरकारी आयातमा कमी नै आउने कारण मूल्य वृद्धिमा थप प्रभाव पर्ने उनले प्रष्ट पारेका छन् ।
यस्तै एक महिनामा धनियाको मुल्य अस्वभाविक रुपले बढेको छ ।असार १ गते ७५ रुपैँया प्रति किलो रहेको धनियाँ मुल्य बढेर ३२५ रुपैयाँ पुगेको छ । जसको मुल्य २५० रुपैयाँले बढेको छ । असार १ गते औसत मुल्य प्रतिकिलो ३२ रुपैयाँले बिक्रि भएको थियो । बन्दागोभीको मुल्य आज (शुक्रबार) ४५ रुपैयाँमा बिक्रि भइरहेको छ । जसको मुल्य प्रतिकिलो १३ रुपैयाँले बढेको छ ।
हरियो खुर्सानी (अकबरे) को एक महिनामा प्रतिकिलो २२० रुपैयाँले बढेको छ । गत महिनामा प्रतिकिलो हरियो खुर्सानी (अकबरे) १०५ रुपैयाँले कालिमाटी फलफुल तथा तरकारी बजारमा बिक्रि भएको आज भने सोही खुसार्नीको मुल्य प्रतिकिलो ३२५ रुपैयाँमा बिक्रि भइरहेको छ ।
हरियो खुर्सानी (बुलेट) प्रतिकिलो ५५ रुपैयाँ र माछे खुर्सानी प्रतिकिलो ३५ रुपैयाँ रहेको अहिले बढेर १०५ र ९५ रुपैयाँ पुगेको छ । त्यस्तै, घिउ सिमीमा पनि दुई गुणाले बढी मुल्य बढेको छ । लोकल सिमीको मुल्य ६० रुपैयाँले बढेको छ । गत असार १ गते प्रतिकिलो ३५ रुपैयाँले बिक्री गर्दै आएको सिमी आज प्रतिकिलो ९५ मा बिक्री भइरहेको छ ।
साथै, घिरौलाको ४३ रुपैँयाबाट वृद्धि भएर हाल प्रतिकिलो ६५ रहेको छ । जुन एक महिना अघि २२ रुपैँया थियो । त्यस्तै, १७रुपैँया प्रतिकिलो रायोको साग मूल्य हाल ८५ रुपैँया पुगेको छ । भने पालुगों साग ६५ बाट ९५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस