
एजेन्सी । भ्रष्टाचारको आरोपमा पूर्व राष्ट्रपति जाकब जुमाको पक्राउपछि दक्षिण अफ्रिकमा हिंसा भड्किएको छ। यस अवस्थामा भारतले दक्षिण अफ्रिकाका अधिकारीहरूसँग छलफल गरेको छ र भारतीय र भारतीय मूलका दक्षिण अफ्रिकी नागरिकहरूको सुरक्षा प्रति चिन्ता व्यक्त गरेको छ।
स्रोतका अनुसार बुधबार विदेश मन्त्री एस जयशंकरले दक्षिण अफ्रिकाका परराष्ट्र मन्त्री डा. नालेदी पाण्डोरसँग कुराकानी गर्नुभएको छ। उक्त छलफल मा उनले दक्षिण अफ्रिकाका केही भागमा भइरहेको अशान्तिको सन्दर्भमा चर्चा गरेका छन्।
दुई नेताहरूले एक अर्कालाई व्यक्तिगत रूपमा चिन्ने हुनाले छलफल निकै सौहार्दपूर्ण थियो। बाहेक विदेश मन्त्रालयका सचिव संजय भट्टाचार्यले भारतका लागि दक्षिण अफ्रिकाका उच्चायुक्त जोएल सिबुसिसो न्देब्ले सँग कुराकानी गरेका छन्।
स्रोतका अनुसार दक्षिण अफ्रिकी अधिकारी कानुनी व्यवस्था लागू गर्न यथेष्ट प्रयास गरिरहेका छन्। सकेसम्म छिटो शान्ति को पुनर्बहाली गर्नु नै आफ्नो प्राथमिकता रहेको उनीहरु ले बताएका छन्। परिस्थिति चाँडै नै सुधार हुने उनीहरुले आशा गरेका छन्।
हालै भारतीय र भारतीय मूलका दक्षिण अफ्रिकीहरू विरूद्ध आगजनी र लूटपाट का घट्ना भइरहेको रिपोर्ट आइरहेको छ। यस सम्बन्ध मा अवसरवादी तत्वहरूले परिस्थितिको फाइदा उठाउँदै लुट्ने र हिंसा भड्काउने कार्य गरिरहेको बारे दक्षिण अफ्रिकी पक्षले अवगत गराएका छन्। जुलाई १२ तारिख मा राष्ट्रपति रामाफोसाले राष्ट्रलाई सम्बोधन गर्दा यही कुरा बताएका थिए।हाल भइरहेका हिंसा राजनैतिक वा जातीय प्रेरित नभइ आपराधिक प्रकृतिको भएको दक्षिण अफ्रिकी अधिकारीहरूले स्पष्ट पारेका छन्।
आगजनी र लुटपात जस्ता घट्नाले दक्षिण अफ्रिक अस्तव्यस्त भएको छ। भ्रष्टाचारको आरोपमा पूर्व राष्ट्रपति जेकब जुमा पक्राउ परेपछि हिंसा भड्किएको हो। गत साता उनलाई अदालतको अवहेलनाको आरोपमा १५ महिनाको जेलसजाय सुनाइएको थियो। उनीमाथि सन् २००९ देखि २०१८ सम्म राष्ट्रपति पदमा भ्रष्टाचारको आरोप लगाइएको थियो। जसका लागि उनलाई राज्य समर्थित एजेन्सी समक्ष पेश हुन अदालतले आदेश दिएको थियो। तर उनी पेश हुन असक्षम भए र उनमाथि अदालत को आदेश को अवहेलना गरिएको आरोप लगाइएको थियो।
पूर्व राष्ट्रपतिको पक्राउ पछि आक्रोशित भएका जुमाका समर्थकहरूले सडक र राजमार्गहरू अवरुद्ध गरे, टायर जलाए र अन्य वस्तुहरू अवरोधका रूपमा प्रयोग गरे। दंगाले प्रभावित क्षेत्रहरु मध्ये डर्बन, पिटरमेर्ट्ज्बर्ग र जोहान्सबर्ग रहेका छन्। ती सबै क्षेत्रमा भारतीय नागरिक को ठूलो बसोबास रहेको छ। रिपोर्ट अनुसार भारतीयहरू र भारतीय मूलका दक्षिण अफ्रिकीवासीहरूको स्वामित्वमा रहेका व्यापार मा अधिक लुटपाट भएको छ। इण्डिया न्युजनेटवर्क
प्रतिक्रिया दिनुहोस