
काठमाडौं । सरकारले नेपाली तरकारी र फलफुल व्यावसायीकोे पीडा नबुझेकोमा व्यापारी दुःखी भएका छन् । सरकारले भारतबाट आउने तरकारी र फलफूलको बिषादी परिक्षण नगरी आयात हुन पाउने व्यवस्था गरेका कारण ब्यापारीहरु चिन्तित भएका हुन् ।
कालीमाटी फलफुल तथा तरकारी बजारका व्यापारी राम प्रसाद वास्तोलाले भने –“जुन ठाउँमा बिषादी परिक्षण हुनु पर्ने हो सो ठाँउमा परिक्षण नगरी सिधै आयात गर्ने व्यवस्था मिलाएको छ । व्यापारीले खरिद गरेर बेच्न राखेका तरकारी र फलफुलमा भने परिक्षण गर्ने गरेको छ ।”
कालीमाटी तथा फलफुल बिषादी परीक्षण प्रयोगशालाले बिहान मात्र बिषादी परिक्षण गर्ने गरेको छ । कालीमाटी भित्र दिउँसो पनि तरकारी र फलफुल भित्रीने गरेको छ । त्यसको चेकजाँच गर्न आएको भने नदेखेको बताए ।
त्यस्तै अर्की व्यापारी सोनम अधिकारीले भनिन् ग्राहकले देख्नमा राम्रो रोज्छन् तर त्यो रोजाईमा बिषादी हुन्छ । ग्राहकको माग अनुसार ल्याउँदा आफु जहिले घाटाँमा परेको बताइन् ।
बिहान तरकारी किन्नेको भिडभाड नि हुने बिषादी चेकजाँच गर्ने पनि आउँछन् । कति दिन त परिक्षणको लागि लगेर अहिले नबेच्नु रिपोर्ट आए पछि मात्र बेच्ने स्वीकृति पाउनु हुन्छ भनेर अन्तिममा तपाईले बेच्न लागेको तरकारीमा बिषादी भेटियो भनेर फाल्ने गरेका छन् ।
खरिद गरिसकेको समान त्यत्तिक्कै नष्ट हुदाँ परेको पैसा घाटा भएको सुनाइन् । अधिकारीले आक्रोश पोख्दै भनिन् “व्यापारी घाटामा छन् बिषादी परिक्षणको लागि भने सरकारले मनोमानी गरिरहेको छ ।”
कालिमाटी फलफुल तथा तरकारी बजार समितिका प्रवक्ता विनय श्रेष्ठले भने अहिले पनि कालिमाटी भित्र दैनिक २ सय ५० टन तरकारी तथा फलफुल आयात भईरहेको बताए । जसमध्ये ८० प्रतिशत तरकारी र २० प्रतिशत फलफुल रहेको जानकारी दिए ।
श्रेष्ठले भने सरकारले विदेशबाट आयात हुने तरकारी तथा फलफुलमा क्वारेन्टाइन तथा जीवनाशक बिषादी परिक्षण गरेर मात्र भित्रीयो भने आम उपभोक्ताको स्वास्थ्य लगायत व्यापारीलाई समेत घाँटा नहुने बताए । प्रवक्ता श्रेष्ठले भने अहिले बढी जसो बिषादी मुलक तरकारी र फलफुल भित्री रहेको छ ।
कालीमाटी तथा फलफुल बिषादी प्रयोगशालाको तथ्याकं अनुसार असार महिनामा मात्र १३.९० प्रतिशत तरकारी तथा फलफुल र केहि दिन राखेर खाने ३.२१ प्रतिशत आयात भएको छ ।
प्रतिक्रिया दिनुहोस