aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आईपीओ निष्कासनको प्रस्ताव सहित सन नेपाल लाईफले आव्हान गर्यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ साउन २०७८
आईपीओ निष्कासनको प्रस्ताव सहित सन नेपाल लाईफले आव्हान गर्यो साधारण सभा

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २५ गते नेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउसो ३ बजे सभा बोलाईएको हो ।

नयाँ बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पनि सभाका लागि तय गरेको छ । साथै आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र आर्थिक वर्ष ०७६/७७ को लागि वर्तमान लेखापरीक्षक हरि मणि आचार्यलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक नियुक्तीको विषय पनि अनुमोदन गर्नेछ । 

कम्पनीको शेयर रजिष्ट्रार कार्यालयमा अभिलेख रहेको शेयर लगतको आधारमा शेयरधनीहरुको रेकर्ड कायम गरी सभालमा उपस्थित गराउने जानकारी कम्पनीले दिएको छ । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस