aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सामलिङ्ग पावरले आईपीओ विक्री गर्न बोर्डबाट पायो अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ साउन २०७८
सामलिङ्ग पावरले आईपीओ विक्री गर्न बोर्डबाट पायो अनुमति

 काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले रू. १२ करोड ३० लाख बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्रीको लागि असार ३१ गते बोर्डको अनुमति पाएको हो । 

कम्पनीले आईपीओ निष्काशनका लागि माघ ५ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानिय र अन्य सर्वसाधारणका लागि उक्त आईपीओ विक्री गर्ने भएको हो । यो आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैैंकिङ लिमिटेड रहेको छ ।

 विक्री प्रबन्धकसँगै आगामी दिनमा कम्पनीको शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाईनै शेयर रजिष्ट्रारमा कम्पनीले यस अघिनै नियुक्त गरेको हो । सामलिङ्ग पावर कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजन निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो । 
 

प्रतिक्रिया दिनुहोस