aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गुराँस लाईफ इन्स्योरेन्सको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ साउन २०७८
गुराँस लाईफ इन्स्योरेन्सको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । कम्पनीले संस्थापक तर्फ यस अघि कायम ७० प्रतिशत शेयर स्वामित्व ६० प्रतिशतमा झार्दै १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता शेयर सर्वसाधारणमा परिणत गरेको हो । 

शेयर स्वामित्व परिवर्तन भएसँगै अब कम्पनीमा संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत शेयर स्वामित्व कायम भएको छ । यस अघि कम्पनीको संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको थियो । कम्पनीले बीमा समितिको स्वीकृति बमोजिम हाल कायम ७० प्रतिशत संस्थापक शेयर स्वामित्व ६० प्रतिशतमा झारेको हो । 

कम्पनीको वार्षिक साधारण सभाले संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने निर्णय भएकोमा बीमा समितिले संस्थापक तर्फ ६० प्रतिशत र सर्वसाधारण तर्फ ४० प्रतिशत कायम गर्न निर्देशन दिएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस