aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने मंगलवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ साउन २०७८
समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने मंगलवार अन्तिम दिन

काठमाडौं । असार २९ गतेदेखि लिलामीमा आएको समृद्धि फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि असार ३ गतेदेखि १० गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको ११ लाख ३५ हजार ५५८ कित्ता शेयर साउन ५ गतेसम्मका लागि पुनः लिलामीमा ल्याएको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । बोलपत्र पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । सोमवार कम्पनीको अन्तिम शेयरमूल्य शून्य दशमलव ४१ प्रतिशत अर्थात प्रतिकित्ता रू.२ दशमलव १० ले बढेर अन्तिम मूल्य रू. ५१८ कायम भएको छ ।
 

प्रतिक्रिया दिनुहोस