
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।
२०७८ साउन १ गतेदेखि लागू हुने गरी युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ वर्षको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस