aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप व्यवसायीलाई उपलब्ध गराउन माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ साउन २०७८
कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप व्यवसायीलाई उपलब्ध गराउन माग

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका नेतृत्वमा चेम्वरका पदाधिकारीहरु तथा सदस्यले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेका छन् । उक्त भेटवार्ताका क्रममा नेपाल चेम्वर अफ कमर्सले कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप समस्त उद्योगी तथा व्यवसायीहरुलाइ उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । 

साथै चेम्वरका पदाधिकारीहरु तथा सदस्यले प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कोरोनाले थलिएको अर्थतन्त्र पुनरउत्थानका लागि जीडीपीको ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गर्न समेत माग गरेको छ । चेम्वर अध्यक्ष मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताए । उनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भइअर्थतन्त्रमा योगदान पुग्ने उल्लेख गरे ।

साथै उनले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कूल आयातको न्युनतम १० प्रतिशत कोरोना खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरुलाई लगाउने सुविधा उपलब्ध गराइ दिन आग्रह गरे । यसका अतिरिक्त चेम्वर अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने । सो रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा बिचाराधीन आर्थिक विधेयकहरु पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशत भित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनु पर्ने सुझाब दिए ।

त्यस्तै बजेटमा विनियोजन गरिएको पुँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमूलक कार्यक्रम ल्याइनु पर्ने। निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने माग चेम्बरको छ । यसैगरी विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रमहरु ल्याइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न बिशेष प्राथमिकता दिन आग्रह गरे ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रलाइ पुनस्र्थापित गर्न सरकार निजी क्षेत्रसंग सदैव सहकार्य गर्न तयार रहेको बताउँदै अहिले अर्थतन्त्रमा चुनौतिहरु आएका छन यसलाइ सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्वोधन गरिन सकिने बताए । कोभिड खोप सम्वन्धी नेपाल चेम्वर अफ कमर्सको माग वारे सरकार सम्वेदनशील रहेको छ । निकट भबिष्यमै यथेष्ट मात्रामा खोप उपलब्ध हुने बताउँदै नेपाल चेम्वर अफ कमर्सको माग सम्वोधन हुने देउवाले भनाई थियो ।

प्रतिक्रिया दिनुहोस