
काठमाडौं । अजोड इन्स्योरेन्सले आफ्ना स्थापनको प्रथम बर्षको अवसरमा विविधि कार्यक्रमहरु गर्दै पहिलो बार्षिकोत्सब मनाइरहेको छ । यसै अवसर पारेर कम्पनीले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ । उक्त रक्तदान कार्यक्रममा ५९ जनाको सहभागीता रहेको कम्पनीले जानकारी दिएको छ ।
चेतना मुलक सन्देश भएको पेले कार्ड व्यानर सहित प्रभात फेरी नगरको मुख्य स्थानहरु सुन्धारा देखि रत्नपार्क, भृकुटी मण्डकप, भद«काली, सहिदगेट हुदै उक्त सिटिसि मल स्थित संस्थाको प्रधान कार्यलय पुगेको थियो ।
प्रधान कार्यालयमा आयोजित कार्यक्रमा मा कम्पनीले स्थापनाको छोटो समयमा उल्लेख्य प्रगती गर्न सफल भएकोमा उपस्थीत शेयरधनीले व्यवस्थापन प्रति कृतज्ञता व्यक्त गरेका थिए ।
त्यसैगरी कम्पनीले संस्थागत उत्तरदायीत्व अन्तर्गत आगामी २३ गते सोमबार नैकाप स्थित एक सरकारी विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको उक्त कम्पनी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस