
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले कोभिड १९ को कारण मृत्यु भएका पाँगा निवासी श्रीकृष्ण महर्जनकी श्रीमतीलाई घरमै गई दावी भक्तानी गरेको छ । ज्योति लाईफ इन्स्योरेन्समा ज्योति थ्रि ट्वेन्टी धनबहार जीवन योजना अन्तर्गतको बीमालेख शुरु गरेका थिए ।
श्रीकृष्ण महर्जनको जेठ १ गते संक्रमणको कारण मृत्यु भएको ब्यहोरा उल्लेख गरी बीमितले इच्छाएको व्यक्ति निजको श्रीमती रजिसा महर्जनले यस बीमालेख अन्र्तगत दावी भुक्तानीको लागी आवश्यक कागजातहरु संलग्न गरी निवेदन पेश गरेका थिए ।
कम्पनीले आफ्नो दावीप्रक्रियाको सम्पूर्ण कारवाही सम्पन्न गरी किर्तिपुर शाखा प्रमूख शान्ता रिजालले श्रीमती रजिसा महर्जनलाई उनको घरमै पुगी शर्त बमोजिम बीमाङ्क रकम बापत २० लाख दावी भुक्तानी हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस