aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लक्ष्मी इक्वीटी फण्डले लाभांश प्रयोजनका लागि साउन १५ गते बुक क्लोज गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ साउन २०७८
लक्ष्मी इक्वीटी फण्डले लाभांश प्रयोजनका लागि साउन १५ गते बुक क्लोज गर्ने

काठमाडौं । लक्ष्मी इक्वीटी फण्डको प्रस्तावित लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय भएको छ । योजना व्यवस्थापनक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले यस फण्डको लाभांशका लागि साउन १५ गते एक दिन बुक क्लोज गर्ने भएको हो । 

बुक क्लोजको आधारमा साउन १४ गतेसम्म कायम इकाईधनीहरु मात्र लाभांशका लागि योग्य हुने भएका हुन । लक्ष्मी इक्वीटी फण्डको ३५ प्रतिशत लाभांश साउन ७ गते बिहीवार प्रस्ताव गरिएको हो ।

यस फण्डले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत ३५ प्रतिशत नगद लाभांश दिने भएको हो । लक्ष्मी क्यापिटलले हाल दुई सामूहिक लगानीकोष योजनाहरु सञ्चालन गरिरहेको छ । क्यापिटलले दुबै योजनाको लाभांश सार्वजनिक गरिसकेको हो । 

क्यापिटलको व्यवस्थापनमा सञ्चालित अर्को योजना लक्ष्मी उन्नती कोषले पनि गत आर्थिक वर्षको लागि २५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लक्ष्मी उन्नती कोषले साउन ५ गते उक्त लाभांश प्रस्ताव गरेको हो । 

लक्ष्मी उन्नती कोषले पनि २५ प्रतिशत लाभांश प्रयोजनका लागि साउन १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । लक्ष्मी उन्नती कोषको लाभांश भने साउन १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस