aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तेह्रथुम पावरको आईपीओ खरिदका लागि आवेदन दिने केन्द्र थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ साउन २०७८
तेह्रथुम पावरको आईपीओ खरिदका लागि आवेदन दिने केन्द्र थप

काठमाडौं । साउन ५ गतेदेखि विक्रीमा आएको तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन केन्द्र थप गरिएको छ । कम्पनीको आईपीओ खरिदका लागि साउन ८ गतेदेखि तेह्रथुममा रहेको शप्तकोशी डेभलपमेण्ट बैंकको बसन्तपुर शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था भएको हो ।  

यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । यस अघि विक्री प्रबन्धकसँगै माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङ्लुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका , तेह्रथुमबाट आवेदन दिन सकिने व्यवस्था थियो ।

कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई आईपीओ विक्री खुला गरेको हो । सर्वसाधारणका लागि रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार १० गते अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा शेयर जारी गरेको हो । 

आयोजना प्रभावित स्थानिमा कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर जारी गरेको हो । यो आईपीओ खरिदका लागि छिटोमा साउनमा १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २ गतेसम्म यो आईपीओ विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ । 

कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । 

कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर जारी गर्न लागेको हो । स्थायिन र आम सर्वसाधारणमा शेयर जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ । 

कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ८४ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. १२ दशमलव ९० ऋणात्मक रहेको छ । 

प्रतिक्रिया दिनुहोस