aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

टिभिएस एनटर्क रेस एडिसन २५ जुलाईमा नेपाली बजारमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ साउन २०७८
टिभिएस एनटर्क रेस एडिसन २५ जुलाईमा नेपाली बजारमा आउने

काठमाडौं । टिभिएस एनटर्क १२५ स्कुटर टिभिएस मोटर कम्पनीको उत्पादन हो । फेब्रुअरी २०१८ नेपालमा लन्च गरिएको टिभिएस एनटर्क १२५ को स्कुटर नेपाली बजारमा सार्वजनिक गरिएको हो । उक्त स्कुटरमा ब्लुटुथ जडित पूर्ण डिजिटल स्पीडोमिटर (नेभिगेसन एसिस्ट्यान्ट, कलर आईडी, स्पीड रेकर्डर, इन–बिल्ट ल्याप–टाइमर र सर्भिस रिमाइन्डरको साथ) इन्जिन किल स्विच, स्टील्थ इन्स्पायर्ड स्टाइलिंगलगायत विशेषता रहेको जनाइएको छ ।

सन् २०१९ मा यो नेपालको सबैभन्दा छिटो बृद्धि गर्ने स्कुटरको रुपमा परिचित हुन सफल भएको छ । सन् २०२० मा एनटर्क १२५ रेस एडिसन आफ्नो १२५–सीसीको श्रेणीमा नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटरको रुपमा स्थापित भएको कम्पनीले जनाएको छ ।

टिभिएसको कस्टोमर डिमान्डको सोल अथोराइज्ड डिस्ट्रिब्युटरको रुपमा, जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले टिभिएस एनटर्क रेस एडिसनलाई वेष्ट इन क्लास, पिक अप, पावर, पर्फमेन्स बेटर देन एफआई नाराको साथ जगदम्बा मोटर्सले आगामी २५ जुलाइमा अफिसिएल फेसबुक पेजबाट सार्वजनिक गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस