
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले साउन ३१ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन ७ गतेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
शुक्रवार नेप्सेमा जारी सुचनामा सभा हुने स्थान र समय भने कम्पनीले खुलाएको छैन । सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै ६ जना सञ्चालकहरुको निर्वाचन र एक जना विज्ञ सञ्चालक मनोनित गर्ने कार्यक्रम समेत रहेको छ ।
साथै हाल कायम शेयर स्वामित्व संस्थापक तर्फको ७० र सर्वसाधारण तर्फको ३० प्रतिशतलाई परिवर्तन गरी संस्थापक तर्फ ६० र सर्वसाधारण तर्फ ४० प्रतिशत कायम गर्ने गरी प्रबन्धपत्र संशोधनको विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ ।
यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । वार्षिक साधारण सभा प्रयोजनका लागि साउन १७ गते एक दिन बुक क्लोज गर्ने भएकाले साउन १४ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस