
काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि चार कम्पनीले निवेदन दर्ता गराएका छन् । नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासनको लागि निवेदन दिएका हुन् ।
नेष्डो समृद्ध लघुुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि असार ६ गते, जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि असार २० गते निवेदन दिएको हो ।
त्यस्तै राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि असार २४ गते र मोलुङ्ग हाइड्रोपावर स्थानिय र सर्वसाधारणका लागि ३५ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि साउन १ गते बोर्डमा निवेदन दिएको हो ।
नेष्डो समृद्ध लघुवित्तको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, जाल्पा सामुदायिक लघुवित्तको प्रभु क्यापिटल, राष्ट्र उत्थान लघुवित्तको एनआईबिएल एस क्यापिटल र मोलुङ्ग हाइड्रोपावरको सन्राइज क्यापिटल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस