aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

अक्सिजन अभियानमा तीन करोड बढी रकम उठ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ साउन २०७८
अक्सिजन अभियानमा तीन करोड बढी रकम उठ्यो

काठमाडौं । बतास फाउण्डेसनले शुरु गरेको अक्सिजन प्लान्ट अभियानमा हालसम्म तीन करोड बाह्र लाख पचहत्तर हजार आठ सय असी रुपैयाँ उठेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिनजन प्लान्ट स्थापना गर्नका लागि शुरु गरिएको अभियानमा यो रकम उठेको हो । 

यस अभियानमा बतास फाउण्डेसनका अध्यक्षको संयोजक आनन्दराज बतासको नेतृत्वमा गठन भएको तदर्थ समितिले मेडिअक्सि नामक सप्लाएर छनौट गरि तीन करोड सात लाख असी हजार पाँच सय एधार रुपैयाँ सन्ताउन्न रुपैयाँ अक्सिन प्लान्ट खरिदका लागि भुक्तानी गरिएको बताएको छ । 

उक्त सप्लायरले ५० सिलिन्डर प्रति दिन अक्सिजन उत्पादन गर्ने तीन वटा अक्सिजन प्लान्ट र १ वटा फिल्टर प्रणाली अर्डरगरिएको शुक्रबार जारी गरिएकोे विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस