aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युनाइटेड इन्स्योरेन्सले बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० साउन २०७८
युनाइटेड इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले साउन ३१ गते २७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले भर्चुअल माध्यमबाट विहान ११ बजे सभा गर्ने भएको हो । 

सभाले आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ भने आर्थिक वर्ष ०७७÷७८ का लागि लेखापरिक्षक नियक्ति र निजको पारिश्रमिक तोक्ने विषयलाई पनि टुङ्गो लगाउँनेछ । 

वार्षिक साधारण सभा प्रयोजनका लागि साउन २० गतेदेखि बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा साउन १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । 

यस वर्ष कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । आर्थिक वर्ष ०७२÷७३ मा १० प्रतिशत बोनस दिएको कम्पनीले त्यसपछिका बर्षहरुमा भने लगानीकर्ताको हात खाली बनाएको हो ।
 

प्रतिक्रिया दिनुहोस