
सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के को औपचारीक उद्घाटन आइतवार एक कार्यक्रमका बीच यू.के को रेडीङ स्थित कार्यालयमा सम्पन भएको छ ।
उक्त समारोहको उद्घाटन यु.के का लागी नेपालका राजदूत डा.दुर्गा बहादुर सुवेदी, NRN यू.के का अध्यक्ष योग कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोल राज शर्मा , सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष महेश कुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के लिमिटेड का प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले संयुक्त रुपमा गरेका थिए।
समारोहमा सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डनले यू.के शाखाले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यू.के भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने योजना बनाएको बताएका थिए । साथै उनले छिट्टै नै यू.के बाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको गरेका थिए ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुक बाट रेमिटान्स भित्र्याउदै नेपालको ७००० भन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस