
बेलायती टापु जर्सिले नेपाली कृषि श्रमिक भित्राउने योजना बनाएको जानकारी प्राप्त भएको छ। त्यहाँबाट प्रकाशित हुने जर्सी इभिनिंग पोष्टमा प्रकाशित समाचार अनुसार बेलायत युरोपियन युनियनबाट छुट्टीएपछि त्यहाँका किसानहरुले यस्तो तयारी थालेका हुन् ।
जर्सी फामर्स युनियनका अध्यक्ष पेटर ले मैस्त्रेले बताए अनुसार बेलायतको युनियनबाट अलगहुने प्रक्रिया सकिएपछी नेपालबाट १३० जना कृषि श्रमिक लैजाने योजना बनेको छ।
जर्सी फामर्स युनियनका अध्यक्ष पेटर ले मैस्त्रेलाई उदृत गर्दै समाचारमा लेखिएको छ - "हामी युरोप बाहिरका एउटा वा दुइटा मुलुकसंग सन् २०२०को लागि कृषि श्रमिक ल्याउने सम्झौताको नजिकै छौं । " उनले अगाडी थपे," नेपाल त्यो एउटा मुलुक हो,जसलाई हामी हेरिरहेका छौं ।"
बिगत दुइ दशक देखि जर्सिले आफुलाई आवश्यक पर्ने यस्ता श्रमिकहरु पोल्याण्ड र पूर्वी युरोपका मुलुकहरुबाट प्राप्त गर्दै आएको थियो । तर, ब्रेजिक्टको अनिश्चितता र पाउण्डको मुल्यमा आएको गिरावटले त्यहाँ श्रमिक कमि भएका थिए। त्यस अलावा पोल्यान्डमा भएको आर्थिक बिकाशले पनि जर्सीमा कृषि श्रमिकको अभाव बनेको हो ।
समाचारमा जनाए अनुसार शुरुका दुइ वर्षसम्म यसको प्रवाभाकारिता हेर्ने र अनि ठुलो संख्यामा श्रमिक लैजाने सोच त्यहाको फामर्स युनियनले बनाएको छ।
प्रतिक्रिया दिनुहोस