एजेन्सी । अश्लील फिल्म बनाउने आरोप लागेर हिरासतमा रहेका राज कुन्द्रा मामिलामा बलिउड अभिनेत्री गहना वसिष्ठले गम्भीर खुलासा गर्ने बताएकी छिन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले सो प्रकरणमा जोडिएका सबैको नाम खुलाउने बताएकी हुन् ।
प्रहरीको पक्राउबाट बच्न भागिरहेको आरोप लागेकी गहनासहित तीन जनालाई प्रहरीले पत्र काटेपछि आफू प्रहरीसमक्ष त्यसमा संलग्न भएका सबैको नाम खुलासा गर्न आतुर रहेको बताएकी हुन् ।
गहना हाल मुम्बई बाहिर रहेको कारण आइतबार क्राइम ब्रान्चमा उपस्थित हुन सकिनन् । एक न्युज वेबसाइडमा उनले आफ्नो बैंक खाता रोक्का गरिएको हुँदा आवश्यक व्यवस्थापन गरेर मुम्बई फर्कने र प्रहरीलाई बयान दिने बताएकी छिन् ।
उनले भनेकी छिन्–मलाई धेरै कुरा थाहा छ । जुन म पुलिसलाई बताउन चाहन्छु । मसँग खुलासा गर्नका लागि निकै सूचनाहरू छन् । गहनाले भारतको पोर्न इन्डस्ट्रिजसँग जोडिएका सबै महिला र अन्य कारोबारीहरुको नाम बताउन तयार रहेको जानकारी दिएकी छिन् ।
तर, यसअघि भने उनी राज कुन्द्राको पक्षमा वकालत गर्दै पोर्न फिल्म सुट गर्नका लागि राज कुन्द्राले दबाब दिन्थे भन्ने पुनम पाण्डे र सर्लिन चोपडाको आरोप झुटो भएको बताउँदै आएकी थिइन् ।
६ महिना अघि पनि पोर्न भिडियो बनाएको आरोपमा गहना पक्राउ परेकी थिइन् । उनले ८७ वटा पोर्न भिडियो बनाएर आफ्नो वेब साइडमा अपलोड गरेको आरोप लागेको थियो । जुन भिडियोहरू हेर्नको लागि इच्छुक व्यक्तिले दुई हजार भारु तिरेर सव्सक्राइब गर्नुपर्थ्यो ।
प्रतिक्रिया दिनुहोस