aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लक्ष्मी उन्नती कोषको २५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ साउन २०७८
लक्ष्मी उन्नती कोषको २५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी उन्नती कोषले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने साउन १२ गते मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांश प्रयोजनका लागि साउन १३ गते बुधवार एक दिन बुक क्लोज गर्ने भएकाले मंगलवारसम्म कायम इकाई धनीहरुले मात्र कोषको लाभांश प्राप्त गर्नेछन् । 

कोषले आर्थिक वर्ष ०७७/०७८ को लागि योजनाका इकाईधनीहरुलाई कर समेत २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलको व्यवस्थापनमा सञ्चालित यस योजनाका इकाई धनीहरुलाई उक्त लाभांश वितरण गर्ने निर्णय क्यापिटलको साउन ५ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस