aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ साउन २०७८
नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी घोषणा

काठमाडौं । सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । हाल उनी नाडाको कार्यसमितिमा उपाध्यक्ष हुन् । 

नाडा सात वटै प्रदेशमा विस्तार भई सकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रूपमा दरिलो रूपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवारी दिएको उनले बताए ।  

उनका अनुसार अटोमोवाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजिक्षेत्रमा ठुला रोजगार प्रदान गर्ने व्यवसाय हो । सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन सरकारको नीतिगत रूपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्नेछु ।  

उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय सङ्कटमा परेकाले यस व्यवसायको पुनरुत्थान सँगै यस क्षेत्रमा नयाँ आकर्षण, नयाँ उत्साह ल्याउन जरुरी रहेको बताए । 

 

प्रतिक्रिया दिनुहोस