aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

टाटाको नेक्जन नेपालमा सार्वजनिक, मूल्य कति होला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ साउन २०७८
टाटाको नेक्जन नेपालमा सार्वजनिक, मूल्य कति होला ?

काठमाडौं । टाटाको बहुप्रतिक्षीत नेक्जन इलेक्ट्रिक भेहिल नेपालमा सार्वजनिक भएको छ । अनलाइनबाट सार्वजनिक गरिएको यो विद्युतीय गाडी टाटाको पहिलो विद्युतीय गाडी हो । टाटाले देशैभरी ५ हजार किलोमिटर टेष्ट ड्राइभ गरेर मात्र मंगलबार नेपालमा सर्वसाधरणका लागि विक्री खुला गरिएको हो । 

नेपालमा विद्युतीय गाडीका लागि पहिला पूर्वाधार बनाएर मात्र विद्युतीय गाडी सार्वजनिक गर्ने हिम्मत गरेको टाटाको नेपालका लागि आधिकारीक विक्रेता सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

टाटाले नेपालका १५० स्थानमा डिसि चार्जिङ स्टेसन निर्माण गर्ने उद्देश्य राखेको उनले बताए । हाल देशका ८ स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको पनि सीइओ श्रेष्ठले जानकारी दिए । चार्जिङ स्टेसनको लोकेसन थाहा पाउनका लागि मोबाइल एप समेत निर्माण गर्दै गरेको उनले बताएका छन् ।

नेपालमा तीन क्याटागोरीका टाटा विद्युतीय गाडी सार्वजनिक गरिएका छन् । टाटा एक्सएम, टाटा एफएक्स र एफएलयूएक्स रहेका छन् । एक्सएमको मूल्य ३५ लाख ९९, टाटा एफएक्सको ३७ लाख ९९ हजार  र एफएलयूएक्स ३९ लाख ९९ हजारसम्म मूल्य रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस