aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

टाटाको नेक्सन इभी बजारमा, यस्तो छ विशेषता र मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ साउन २०७८
टाटाको नेक्सन इभी बजारमा, यस्तो छ विशेषता र मूल्य

काठमाडौं । टाटा मोटर्सको नेपालमा आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाको बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी नेक्सनको मङ्गलवारबाट विक्री सुरु गरेको छ । कम्पनीले साउन १२ गते डिजिटल प्लेटफर्म मार्फत नेक्सन इभी सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यसअघि सडक परीक्षणको क्रममा देखिएको नेक्सन निकै प्रतीक्षित मोडलको रूपमा रहेको छ । आफूहरूले सम्पूर्ण तयारी पछि मात्र व्यापार थालेको बताउने सिप्रदीले गाडी विक्री सुरु गर्नु अघि नेक्सन इभी चार्ज गर्न देशका विभिन्न भागमा फास्ट चार्ज पनि जडान गरेको जनाएको छ ।

यस्ता छन् विशेषता :

यसमा २०५ एमएमको उच्च ग्राउन्ड  क्लियरेन्स रहेको छ। त्यसैगरी कम मूल्यको सब फोर मिटर एसयूभी भएकै कारण यो प्रतीक्षित थियो। कम्पनीका सिइओ राजन बाबु श्रेष्ठले यसको मूल्य ३५ लाखदेखि ३९ लाखसम्म निर्धारण गरिएको जानकारी दिएका छन्। 

टाटाको जिपट्रोन प्लेटफर्ममा बनेको नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री रहेको छ। यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । एक पटकको फुल चार्जमा यसलाई ३१२ किलोमिटर गुडाउन सकिन्छ । 

नेक्सन इभीको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो ब्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्यान्डल जस्ता फिचर पाउन सकिन्छ । जसले गर्दा यो ग्राहकको रोजाइमा पर्ने सम्भावना बढेको छ। 

यसबाहेक यसको इन्टेरियरले पनि लोभ्याउने अनुमान गरिएको छ किनकि यसमा ट्राइयरो थिम पाउन सकिन्छ । उच्च स्तरीय छालाले मोडिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सहितको ठुलो रेन्टर कन्सोलले गाडीलाई आकर्षक र आरामदायी बनाएको छ।

कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर यसमा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस