aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

लाभांश सुरक्षित गर्ने अन्तिम दिन लक्ष्मी उन्नती कोषको सर्वाधिक इकाई कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ साउन २०७८
लाभांश सुरक्षित गर्ने अन्तिम दिन लक्ष्मी उन्नती कोषको सर्वाधिक इकाई कारोबार

काठमाडौं । लक्ष्मी उन्नती कोषको मंगलवार सर्वाधिक इकाई कारोबार भएको छ । कोषले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि सर्वाधिक इकाई कारोबार भएको हो । 

यस दिन कोषको रू. २ करोड ३२ लाख ७ हजार ७९ बराबरको १५ लाख ५८ हजार १४७ कित्ता इकाई खरिद विक्री भएको हो । यो दिन कोषको इकाई मूल्य पनि प्रतिकित्ता ३३ पैसाले बढेर १५ रूपैयाँ १२ पैसा कायम भएको छ ।

कोषले प्रस्तावित लाभांश प्रयोजनका लागि साउन १३ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंगलवारसम्म कायम इकाई धनीहरुले मात्र कोषको लाभांश प्राप्त गर्नेछन् । कोषले आर्थिक वर्ष ०७७÷०७८ को लागि योजनाका इकाईधनीहरुलाई कर समेत २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । 

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलको व्यवस्थापनमा सञ्चालित यस योजनाका इकाई धनीहरुलाई उक्त लाभांश वितरण गर्ने निर्णय क्यापिटलको साउन ५ गतेको सञ्चालक समितिको बैठकले गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस