
काठमाडौं । राकुटेन भाइबरले नेपालको चर्चित गायक स्वप्न सुमनको साथ आफ्नो पहिलो स्थानीय अडियो स्टिकर प्याक शुरू गर्न सहकार्य गरेको छ । अडियो स्टिकरहरू भाइबरमा विशेष रूपमा उपलब्ध हुनेछ र यो सबै नेपाली प्रयोगकर्ताहरूको लागि निःशुल्क पनि हुनेछ ।
प्याकमा उनको एल्बमको सबैभन्दा लोकप्रिय ट्र्याक र उनको आगामी नयाँ एल्बम, “प्रतिकृति” को नयाँ गीत “एक भन्दा दुई“ को केहि अंशहरु सामेल छन् । स्टिकर प्याक डाउनलोड गर्दा प्रयोगकर्ताहरू स्वचालित रुपमा स्वप्न सुमनको भाइबर कम्युनिटीमा सामेल हुनेछन् जहाँ उनीहरू गायकसँग अझ नजिकिन सक्नेछन्, उनको सांगीतिक यात्रासँग अपडेटेड हुन सक्नेछन् र उहाँसँग कुराकानी गर्ने मौका पनि पाउने छन् ।
भाइबरमा आउने उनको अडियो स्टिकर प्याकको बारेमा स्वप्नले यसो भन्नु भयो ः “यो मेरो भाइबरसँग मिलेर काम गरिरहेको दोस्रो पटक हो र म यो अवसर पाएकोमा निकै सम्मानित छु । यो मेरो लागि एक रमाईलो अनुभव हो र यो स्टिकर प्याक सिर्जना गर्दा मलाई धेरै रमाईलो पनि भयो । मलाई आशा छ कि मेरो गीतको भाग भएका यी अडियो स्टिकरहरूले भाइबरमा सबैको कुराकानी र अनुभवलाई रोमाञ्चक बनाउनेछ ।
स्वप्नले २०२० मा भाइबरसँग सहकार्य गरी आफ्नो पहिलो स्टीकर प्याकको सुरूवात गरेका थिए जसमा उनका गीतहरू र फ्यानडमबाट फोटोहरू र उद्धरणहरू प्रस्तुत गरिएको थियो । अप्रिल २०२० मा रिलीज भएको उनको सबैभन्दा लोकप्रिय गीत “नबोली तिमी बुझिदेउ” को पनि भाइबर एक हिस्सा थियो । र यस वर्ष पनि भाइबरसँग मिलेर उनको नयाँ गीत “एक भन्दा दुई” लाई जुलाई ३०, २०२१ मा रिलीज गर्न सँगै काम गरिरहेका छन् । भाइबरको अडियो स्टिकरहरुको माध्यमबाट स्वप्नको नयाँ गीतको झलक सुन्नको लागी स्वप्न सुमनका प्रशंसकहरु, अर्थात् स्ओपरहरुको लागि यो ठूलो अवसर भएको भाइबरले जनाएको छ ।
“भाइबर स्टिकर प्याक हाम्रो मेसेजिंग एपमा सँधै लोकप्रिय फिचर भएको छ र अडियो स्टिकरहरूको सुरूवातले कुराकानीहरुलाई अझ रमाईलो र अर्थपूर्ण बनाउने छ” राकुटेन भाइबरको एप्याकका वरिष्ठ निर्देशक डेभिड चेले भने । उनले यो पनि थपे, “हामीलाई गत वर्ष स्वप्नसँग मिलेर काम गर्न निकै रमाईलो लागेको थियो र यस वर्ष पनि उनको नयाँ गीतको सुरूवातको एक हिस्सा हुन पाउँदा हामी धेरै खुसी छौं । यो हाम्रो प्रयोगकर्ताहरूको लागि पनि धेरै रमाईलो हुनेछ ।”
प्रस्तुत अडियो स्टिकर प्याक स्वप्न सुमनको आधिकारिक भाइबर कम्युनिटीसँग जोडिएको छ जहाँ उनका फ्यानहरुले स्वप्नसँग भिडियो कल गर्न, उनीसँग उनैका गीतहरु गाउन, र कुनै गीतको लागि अनुरोध पनि गर्न सक्नेछन् । र ति व्यक्तिहरु जसले शब्दहरूले मात्र आफूलाई व्यक्त गर्न सक्दैनन्, यो स्टिकर प्याकले स्वप्न सुमनको लोकप्रिय हिट गीतहरूको अडियोको साथ उनीहरुको च्याटलाई जीवन्त बनाउनेछ ।
कुराकानीहरुलाई अझ राम्रो ढंगमा अभिव्यक्त गर्न र रमाईलो बनाउनका लागि दुबै एन्ड्रोइड र आईफोनमा तपाईको अडियो स्टिकर प्याक डाउनलोड गर्नुहोस् । स्टिकर प्याक डाउनलोडका लागि जुलाई २९, २०२१ मा उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस