aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आइपीओ निष्कासनको प्रस्ताव सहित श्वेत गंगा हाइड्रोपावरको साधारणसभा आवहान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ साउन २०७८
आइपीओ निष्कासनको प्रस्ताव सहित श्वेत गंगा हाइड्रोपावरको साधारणसभा आवहान

काठमाडौं । सर्वसाधारणका लागि शेयर जारी गर्ने प्रस्ताव सहित श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रक्सन लिमिटेडले विशेष साधारण सभा साउन २८ गते बोलाएको छ । सभाले कम्पनीको आईपीओ निष्कासन र आईपीओ निष्कासनबाट प्राप्त हुने कुल रकमको उपयोग सम्बन्धी वित्तीय योजना तथा रणनीति निर्धारण गर्ने  छ ।

त्यस्तै, परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयरको सम्बन्धमा छलफल गर्ने कम्पनीले साधारण सभासम्बन्धी जारी गरेको सूचनामा उल्लेख छ ।  सभा आकामा होटल, धुम्बाराही, काठमाडौंमा अपरान्ह्र १ बजे हुने भएको छ । साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस