aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

बजारमा आयो रोयल इन्फिल्डको मेटोर ३५०, यस्ता छन् विशेषता र मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ साउन २०७८
बजारमा आयो रोयल इन्फिल्डको मेटोर ३५०, यस्ता छन् विशेषता र मूल्य

काठमाडौं । नेपालमा रोयल इनफल्ड मोटरसाइकलको नयाँ मोडल सार्वजनिक गरिएको छ । रोयल इन्फिल्डका पारखीहरुबिच बहुप्रतिक्षित मोटरसाइकलका रुपमा रहेको मेटोर ३५० लाई नेपालको आधिकारिक बिक्रेता एमभी दुगड ग्रुपले बुधबार सार्वजनिक गरेको हो । 

यसलाई नेपालमा विवेक अटोमोवाइल्स प्रालि बिक्री वितरण गर्दै आएको छ । बुधबार एक समारोहबिच सार्वजनिक भएको रोयल इन्फिल्ड ब्राण्डको यो मोटरसाइकल क्रुइसर सिरिजमा नयाँ मोडलको मेटोर ३५० सीसीको रहेको छ । जसमा फायर बल, स्टेलर र सुपरनोभा गरी तीन भेरियन्ट रहेका छन् ।

यो मोटरसाइकल फायर बलको दुई, स्टेलरको तीन र सुपरनोभाको दुई रंगमा उपलब्ध छन् । यो मोटरसाइकलमा जे सिरिजको एयर आयल कोल्ड, एसओएचसी इञ्जिन रहेको छ ।  इन्धनको कार्यकुशलताको लागि इलेक्ट्रिक फ्यूल इन्जेक्शन (ईएफआई) भएको मोटरसाइकलमा थप सुरक्षाको लागि ड्यूअल च्यानल एबीएस पनि राखिएको छ । 

यसमा गुगलसँगको साझेदारीमा टर्न टु टर्न नेभिगेशनको व्यवस्था गरिएको छ भने ट्रिपर पोड र मोबाइल फोन चार्ज गर्नको लागि यूएसबी चार्जिङ पोर्ट पनि उपलब्ध छ । 

सुरुवाती दिनहरु देखिनै सफलता हासिल गर्दै आएको यस रोयल इन्फिल्ड ब्राण्डका मोटरसाइकलहरुलाई निरन्तरता दिंदै यो मोटरसाइकल बजारमा ल्याएको हो । नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सले आफ्ना १९ वटै शाखा तथा डिलरहरुमा मेटोर ३५०सीसीको बिक्री प्रबर्द्धन शुरु गर्ने भएको छ । साउन १४ गतेदेखि विवेक अटोमोबाइल्सका १९ वटै शाखा तथा डिलरहरुमा बुकिङ तथा बिक्री शुरु गर्ने कम्पनीले जनाएको छ ।

मेटोर ३५० सीसी अन्तरगत फायर बलको मूल्य ६ लाख, स्टेलरको ६ लाख १७ हजार र सुपरनोभाको ६ लाख ५४ हजार रुपियाँ मूल्य निर्धारण गरिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस