aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राज कुन्द्रासँगै गहना वशिष्ठ विरुद्ध पनि एक अभिनेत्रीले गरिन किटानी जाहेरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ साउन २०७८
राज कुन्द्रासँगै गहना वशिष्ठ विरुद्ध पनि एक अभिनेत्रीले गरिन किटानी जाहेरी

काठमाडौं । बलिउडमा चर्चित रहेको राज कुन्द्रा प्रकरणले नयाँ मोड लिएको छ । राज कुन्द्रा विरुद्ध मात्र केन्द्रित रहेको यो घटनामा अब गहना वशिष्ठको विरुद्ध समेत किटानी जाहेरी परेको छ । 

वशिष्ठले लगातार रूपमा कुन्द्राको वकालत गर्दै आएकीमा पछिल्ला दिनमा उनी विरुद्ध बोल्ने बताएकी थिइन् । तर, अब तीनै वशिष्ठ र राजका कम्पनी अन्तर्गत काम गर्ने तीन जना प्रोडुसर समेत विरुद्ध अर्की एक मोडेलले उजुरी दिएकी छिन् । 

तीनले मालबाडी पुलिस स्टेसनमा पेस गरेको उजुरीमा यी चारै जनाले हट सर्ट र अन्य एपहरूका लागि अश्लील भिडियो बनाउन आफूलाई बाध्य पारेको बताएकी छिन् । उनीहरूको सर्त नमान्दा पैसा पनि नदिने र उल्टै प्रहरीमा उजुरी गर्ने धम्की यी आरोपीहरूले लगाएको ती मोडेलले बताएकी छिन् । 

यसरी आरोप लगाउने मोडेलको उमेर २५ वर्ष रहेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । तर, नाम भने खुलाएका छैनन । ती महिलाले हिन्दी मराठी र भोजपुरी फिल्ममा केही छोटा अभिनयहरू गरिसकेकी छिन् । उनले उजुरी पत्रमा उल्लेख गरे अनुसार सन् २०१८ मा रौनक नाम गरेका एक डाइरेक्टरले केही काम दिएका थिए । जसमार्फत उनको रोवा खान नाम गरेका अर्का प्रोडुसरसंग परिचय भएको थियो । 

तिनै रोवाले उनलाई कारमा राखेर एउटा घरमा पुर्‍याएको र त्यहाँ सिङ्गल मदर नामको एउटा स्किृप्ट दिएका थिए । जब उनलाई मेकअप रुममा लगियो र तयार भएर आइन त्यहाँ रहेका अर्को प्रोडुसरले सिङ्गल मदरको भूमिकामा उनी फिट नहुने बताए । 

उजुरीमा उनले अगाडी लेखेकी छिन्–त्यसपछि उनलाई बर्तन वाली नाम गरेको अर्को फिल्ममा अभिनय गर्न बाध्य बनाइयो । जुसका स्क्रिप्ट पढ्दा अत्यन्तै बोल्ड दृश्य रहेको थाहा पाएपछि उनले त्यसमा काम गर्न इन्कार गरिन् । तर, रोवाले पैसा चाहिए खुरुक्क काम गर्न अन्यथा उनी विरुद्ध उजुरी गर्ने दबाब दिए । 

त्यसको सुटिङ सुरु गर्दा सुरुवातमा नै उनलाई भन्न लगाइयो– हाई, मेरो नाम सनाय हो । मैले हट हिट च्यानलमा बोल्ड सिरिज गरेको छु । मेरो सम्पूर्ण लुक हेर्नका लागि हट हिट च्यानलको डाउनलोड, लाइक र सब्सक्राइब गर्नुहोस् । यदि यो सिरिज कहीँ कतै रिलिज भयो भने मलाइ कुनै आपत्ति हुने छैन । 

यसरी सम्पूर्ण घटनाको सविस्तार व्याख्या सहित एक अभिनेत्रीले उजुरी दिएपछि यस प्रकरणमा अनेकौँ उपाय मार्फत बच्ने प्रयास गरिरहेकी वशिष्ठ गहना र अन्य प्रोडुसर समेत उतिकै दोषी रहेको आशङ्कामा मुम्बई प्रहरीले अनुसन्धान अझ तीव्र पारेको छ । 

 

प्रतिक्रिया दिनुहोस