
काठमाडौं । लक्ष्मी इक्वीटी फण्डको प्रस्तावित ३५ प्रतिशत लाभांश साउन १४ गते बिहीवारसम्म कायम इकाईधनीहरुले मात्र पाउनेछन् । फण्डले लाभांश प्रयोजनका लागि साउन १५ गते एक दिन बुक क्लोज गर्ने भएकाले साउन १४ गतेसम्म कायम इकाईधनीहरु मात्र लाभांशका लागि योग्य भएका हुन् ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस फण्डले आर्थिक वर्ष ०७७÷७८ को लागि कर समेत ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव साउन ७ गते गरेको हो ।
प्रतिक्रिया दिनुहोस