aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शिल्पाले दर्ता गराइन् २५ करोड क्षतिपूर्तिको मागसहित मानहानी मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ साउन २०७८
शिल्पाले दर्ता गराइन् २५ करोड क्षतिपूर्तिको मागसहित मानहानी मुद्दा

मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनी मानहानीको मुद्दा लिएर बम्बे उच्च अदालत पुगेकी हुन् ।   

सेट्टीका श्रीमान राज कुन्द्राको मुद्दालाई लिएर मिडियादेखि सामाजिक सञ्जालमा आएका भ्रामक तथा गलत समाचारले परिवारको प्रतिष्ठामा आँच पुगेको भन्दै उनी अदालत पुगेकी हुन् । अदालतमा दिएको निवेदनमा उनले केही मिडियाहरुले उनीहरुसँग माफि मागेर ती सबै मानहानी कन्टेन्ट डिलेट गर्न माग गरेकी छिन् । यसका साथै ती मिडियाहरुले भारु २५ करोडको क्षतिपूर्ति पनि व्यहोर्नु पर्ने माग गरेकी छिन् ।  

केही भारतीय मिडियाहरुले विनाकुनै अनुसन्धान र प्रमाण राजको केसमा आफ्नो नाम जोडेको भन्दै उनको व्यक्तिगत प्रतिष्ठा गिराउने कोशिस गरेको आरोप लगाएकी छिन् । यसले आफ्नो प्रशंसक, फलोअर्स, ब्राण्ड इन्डोर्समेन्ट कम्पनी, व्यावसायिक संघहरुको नजरमा उनमाथिको प्रतिष्ठामा ह्रास ल्याएको उनको दाबी छ । 

प्रतिक्रिया दिनुहोस