aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

धितोपत्र बोर्डद्वारा तीन जलविद्युत कम्पनीलाई आईपीओ विक्री गर्न अनुमति प्रदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ साउन २०७८
धितोपत्र बोर्डद्वारा तीन जलविद्युत कम्पनीलाई आईपीओ विक्री गर्न अनुमति प्रदान

काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले तीन जलविद्युत कम्पनीहरुलाई आईपीओ विक्री गर्न अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर लिमिटेडलाई साउन ११ गते, साहस उर्जा लिमिटेडल र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई साउन १४ गते आईपीओ विक्रीको अनुमति दिएको हो ।  

न्यादी हाइड्रोपावरले आयोजना प्रभावित स्थानिय सहित सर्वसाधारपणमा जारी पूँजीको २७ प्रतिशत दरको रू. ४० करोड ५० बराबरको ४० लाख ५० हजार कित्ता र साहस उर्जा लिमिटेडले पनि आयोजना प्रभावित स्थानिय र सर्वसाधारण सहित जारी पूँजीको ३० प्रतिशत दरको रू. १ अर्ब ५० करोड बराबरको १ करोड ५ लाख कित्ता आईपीओ विक्रीको अनुमति पाएको हो । 

त्यस्तै बुद्धभुमि नेपाल हाइड्रो पावर कम्पनीले पनि आयोजना प्रभावित स्थानियका सहित सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत दरले रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्रीको अनुमति पाएको हो । न्यादी हाइड्रोपावरको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, साहस उर्जा लिमिटेडको एनआईबिएल एस क्यापिटल र बुद्धभूमि नेपालको सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस