aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन योजनाहरुको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ साउन २०७८
एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन योजनाहरुको लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन योजनाहरुले लाभांश घोषणा गरेका छन् । एनआईसी एशिया ग्रोथ फण्ड,एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले आर्थिक वर्ष ०७७÷७८ को लाभांश घोषणा गरेका हुन । 

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डले एउटै अनुपातमा कर सहित ३५ प्रतिशत र एनआईसी एशिया डायनामिक डेप्ट फण्डले कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

क्यापिटलको व्यवस्थापनमा तीन बन्दमुखी योजना र एक खुलामुखी योजना सञ्चालनमा रहेको छ । यी तीन योजना सहित क्यापिटलले असार २३ गतेदेखि सात वर्षे अवधिको एनआईसी एशिया सेलेक्ट–३० सञ्चालन गरेको छ । एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड भने खुलामुखी योजना हो । 

एनआईसी एशिया ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष १२ प्रतिशत प्रतिफल वितरण गरेको थियो भने एनआईसी एशिया ब्यालेन्सड् फण्डले सञ्चालनमा आएको आठ महिनामै ८ प्रतिशत प्रतिफल वितरण गरेको थियो । एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले भने पहिलो वर्षमा १० प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।
 

प्रतिक्रिया दिनुहोस