
काठमाडौं । आइतवार युनियन लाईफ इन्स्योरेन्सको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचीकृत भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण तर्फको कुल २ करोड १५ लाख कित्ता आईपीओ सूचीकृत गराएको हो ।
पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रू. ११५ दशमलव १३ देखि रू. ३४५ दशमलव ३९ सम्मको मूल्य रेञ्ज तोकेको छ । कम्पनील सर्वसाधारणमा रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ वितरण गरेको हो । कम्पनीको संस्थापक तर्फ ७० प्रतिशत अर्थात रू. १ अर्ब ५० करोड ५० लाख बराबरको स्वामित्व कायम रहेको छ ।
कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी आर्थिक वर्ष २०७४/७५ सम्मको रू. ११५ दशमलव १३ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा नेप्सेले पहिलो कारोबारका लागि तीन गुणासम्मको मूल्य रेञ्ज तोकेको हो ।
प्रतिक्रिया दिनुहोस