aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने सोमवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ साउन २०७८
मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने सोमवार अन्तिम दिन

काठमाडौं । साउन १४ गतेदेखि सार्वजनिक निष्कासनमा आएका मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि आवेदन दिने सोमवार अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित दरको रू. ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ कम्पनीले विक्री गर्न लागेका हो । 

सर्वसाधारणका लागि विक्री गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । कर्मचारी र सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता भने कम्पनीले सार्वजनिक निष्कासनमा ल्याएको हो । 

कम्पनीको सार्वजनिक निष्कासनमा आएको आईपीओ खरिदका लागि आइतवार साझ ५ बजेसम्म मागभन्दा ३५ गुणा बढी आवेदन परिसकेकाले  छिटो अवधि साउन १८ गतेसम्म मात्र विक्री खुला गर्न लागिएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार आइतवारसम्म १७ लाख ७६ हजार ७११ जना आवेदकहरुबाट २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर खरिद माग भएको छ । 

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो आईपीओ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो । आवेदन दिएको ३ बर्ष ९ महिनामा बल्ल आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो । 

यस कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार कायम हुनेछ । यो शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ । 

यस कम्पनीको आर्थिक वर्ष ०७६÷७७ सम्मको वास्तविक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ७५ रहेको छ । उक्त अवधिसम्म कम्नपी रू. १ करोड २० लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीले रू. ७ करोड ४५ लाख ५३ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ  ।
 

प्रतिक्रिया दिनुहोस