
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले २ बराबर १ को अनुपातमा रू. २७ करोड २९ लाख ७० हजार ५०० बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डमा निवेदन दिएको छ ।
बोर्डको वेवसाइटमा उल्लेख भए अनुसार कम्पनीले उक्त हकप्रद शेयर निष्कासनका लागि साउन १५ गते निवेदन दिएको हो । यो हकप्रद विक्री प्रबन्धकमा विओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले यस अघि पनि गत असो १६ गतेदेखि कात्तिक ६ गतेसम्म २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । उक्त हकप्रद पश्चात रू. ५४ करोड ५९ लाख ४० हजार चुक्तापूँजी कायम गरेको कम्पनीले पुनः ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस