
काठमाडौं । सोमवार अरुण काबेल पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ७३ दशमलव ५५ प्रतिशतले बृद्धि भएको छ ।
अघिल्लो वर्ष रू. ४० करोड ७२ लाख ३ हजार बराबरको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष रू. ७० करोड ६७ लाख ६ हजार बराबरको विद्युत विक्री गरेको हो । विद्युत विक्री आम्दानी बढेको कम्पनीको कुल आम्दानी भने ६९ दशमलव १० प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू. ४३ करोड १ लाख २४ हजार कुल आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ७२ करोड ७३ लाख २८ हजार यो आम्दानी गरेको हो ।
अघिल्लो वर्षभन्दा ६५ प्रतिशत बढी सञ्चालन नाफा गरेको कम्पनीको खुद नाफा १६८ दशमलव ३८ प्रतिशत बृद्धि भएको छ । कम्पनीले गत वर्षको चौथो त्रैमाससम्म रू. ६७ करोड ४२ लाख ८ हजार सञ्चालन नाफा गर्दा रू. २८ करोड ९७ लाख ९१ हजार खुद नाफा गर्न सफल भएको हो ।
अघिल्लो वर्ष यसै अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा रू. ४० करोड ८४ लाख ७५ हजार र खुद नाफा रू. १० करोड ७९ लाख ७७ हजार थियो । ५ दशमलव ७१ प्रतिशतले चुक्तापूँजी बढाएर रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम भने २१६ प्रतिशत बृद्धि भई रू. २९ करोड २२ लाख ५८ हजार कायम भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १८ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ४३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस