aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

नेपाली बजारमा नयाँ फोर्ड फिगो सार्वजनिक, यस्ता छन् विशेषता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ साउन २०७८
नेपाली बजारमा नयाँ फोर्ड फिगो सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । फोर्ड नेपालले ६ स्पीड अटोमेटिक गियर बक्स भएको १.२ लिटर शक्तिशाली स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फिगो २०२१ सार्वजनिक गरेको छ। फोर्ड नेपालले फिगो श्रृंखलाको फोर्ड फिगो टाइटेनियम एटी र फोर्ड फिगो टाइटेनियम प्लस एटी गरी दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हो।  

जसमा फोर्ड फिगो टाइटेनियमको मूल्य ३४ लाख ९९ हजार र टाइटेनियम प्लसको मूल्य ३६ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ। नयाँ भेरियन्ट ६ स्पीड, टर्क संपरिवर्तक सहितको अटोमेटिक ट्रान्समिसनका ह्याचब्याक सेग्मेन्टको फिगो गाडीका नयाँ उन्नत संस्करण हुन्। 

जसलाई १.२ लिटर शक्तिशाली पेट्रोल इन्जिनजसले ९६ पीएस पावर र ११९ एनएमसम्म टर्क उत्सर्जन गर्न सक्दछ, उक्तबीएस ६ सँग जोडिएको छ। 

यस्ता छन् विशेषता 
–वर्षा सेन्सर वाइपर इलेक्ट्रो क्रोमिक आइआरभीएम, स्टान्डर्ड डबल फ्रन्टेड डबल एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थिरता नियन्त्रक र उच्च सुरक्षा सुविधा ​ उपलब्ध छ।
–उत्कृष्ट सुविधाका लागि ७.० इन्च टच स्क्रिन इन्फोटेनमेन्ट प्रणाली । 
–साइड कर्टेन एयर ब्याग, स्टान्डर्ड डबल फ्रन्ट एयर ब्याग, ट्र्याक नियन्त्रक प्रणाली, विद्युतीय स्थीरता नियन्त्रक र उच्च सुरक्षाका लागि अति उत्कृष्ट सेफ्टी सुविधा ।
–डाइमन ह्वाइट, रुबी रेड, मूनडस्ट सिल्वर स्मोकी ग्रे तथा ह्वाइट गोल्ड कलरहरुमा उपलब्ध छ। 

प्रतिक्रिया दिनुहोस