
काठमाडौं । कुमारी इक्वीटी फण्डले इकाईधनीहरुका लागि कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को लागि कर समेत ५ प्रतिशत दरको रू. ५ करोड नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यो लाभांश वितरणका लागि कोषले बुक क्लोजको मिति तय गर्नेछ । उक्त बुक क्लोजको आधारमा इकाईधनीहरुले कोषको लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस