
काठमाडौं । सोमवारदेखि शेयर कारोबार सुरु भएको युनियन लाईफ इन्स्योरेन्सको शेयर खरिद माग उच्च रहेको छ । कारोबारको १० मिनेटको अवधिसम्म २ हजार ३४० ओटा अर्डरबाट कम्पनीको ११ लाख ६४ हजार ५५२ कित्ता शेयर खरिद माग भएको हो । यस अवधिसम्म कम्पनीको शेयर विक्री कर्ता भने शुन्य रहेका छन् ।
कम्पनीले आइतवार संस्थापक र सर्वसाधारण तर्फको कुल २ करोड १५ लाख कित्ता आईपीओ सूचीकृत गराएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ११५ दशमलव १३ देखि रू. ३४५ दशमलव ३९ सम्मको मूल्य रेञ्ज तोकेको छ ।
सोमवार प्रतिकित्ता रू. ३४२ देखि खुला भएको कम्पनीको शेयरमुल्य कारोबारको १० मिनेटको अवधिसम्म रू. ३५५ दशमलव ७० पुगेको छ । यस अवधिसम्म कम्पनीको शेयरमूल्य ४ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया दिनुहोस