
काठमाडौं । घोडीघोडा र आँधीखोला लघुवित्त कम्पनीले अहिले आईपीओ जारीे गरेका छन् । दुई कम्पनीमध्ये आँधीखोला लघुवित्तको आईपीओ सोमबारसम्म मागभन्दा ८ गुणाबढी आवेदन परेको छ ।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार १ लाख ७४ हजार ४४१ जना आवेदनकले ३० लाख ७३ हजार ७३० कित्ताको लागि आवेदन दिएका हुन् । आँधीखोला लघुवित्तले कुल ४ लाख कित्तामध्ये ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि विक्री गर्न लागेको हो ।
त्यस्तै घोडीघोडाको आईपीओमा पनि मागभन्दा ३० गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभुु क्यापिटलका अनुसार २ लाख १३ हजार ८३७ आवेदकबाट ३७ लाख ५१ हजार २५० कित्ताको लागि आवेदन परेको छ । घोडीघोडा लघुवित्तले सर्वसाधारणका लागि १ लाख २४ हजार ५ सय ९० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।
आँधीखोलको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम् २ हजार कित्ताको लागि र घोडीघोडाको लागि न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस