aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ज्योति लाईफका ग्राहकलाई बुद्ध एयरको यात्रामा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ असार २०७६
ज्योति लाईफका ग्राहकलाई बुद्ध एयरको यात्रामा छुट

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र बुद्ध एयरबीच सम्झौता भएको छ।

आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा सुविधा विस्तार गर्न एयरसँग सम्झौता गरेको बैंकको भनाइ छ।

सम्झौता अनुसार इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयर धनीहरुलाई विशेष कार्ड जारी गरिने छ। 
उक्त कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिदगर्दा विशेष प्राथमिकता तथा छुट प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाश बिक्रम खत्री र बुद्ध एयरका विक्री तथा बजारीकरण विभागका निर्देश रुपेश जोशीले हस्ताक्षर गरे।

प्रतिक्रिया दिनुहोस