
काठमाडौं । लक्ष्मी उन्नती कोषले २५ प्रतिशत नगद लाभांश साउन १९ गतेदेखि वितरण गर्ने भएको छ । योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले इकाईधनीहरुको बैंक खातामानै उक्त नगद लाभांश जम्मा गर्ने भएको हो ।
यो लाभांश प्रयोजनका लागि क्यापिटलले साउन १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा साउन १२ गतेसम्म इकाई कायम गरेका इकाईधनीहरुले मात्र यो लाभांश प्राप्त गर्नेछन् । यस वर्ष कोषले सबैभन्दा पहिलो आर्थिक वर्ष ०७७÷०७८ को लाभांश वितरण गरेको हो ।
आफ्नो इकाई धितो राखेका इकाईधनीहरुको हकमा भने लाभांश प्राप्त गर्न सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात मात्र बैंक खातामा रकम जम्मा गरिने जानकारी क्यापिटलले दिएको छ ।
प्रतिक्रिया दिनुहोस