
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्समा बीमा गर्ने ग्राहकले बुद्ध एयरको टिकटमा विशेष छुट पाउने भएका छन् । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा विशेष प्राथमिकता तथा छुट प्राप्त पाउने भएको कम्पनीले जनाएको छ ।
सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरुले नेपालको उत्कृष्ट हवाइसेवा प्रदायक कम्पनीबाट प्रदान हुने सेवाबाट थप लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र बुद्ध एयरका विक्रि तथा बजारीकरण विभागका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस